June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ – माधव नेपाल

२०७९ चैत्र ११

940

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् ।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए।

विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्री रहेका अध्यक्ष नेपालले मुलुकमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने विषय अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गरे ।