June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सुकुम्बासी बस्ती ७ दिनभित्र हटाउन महानगरको अर्को सूचना

२०७९ चैत्र १२

1.2K

काठमाडौंः काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका संरचनाहरु सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले शनिबार एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।