June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रतिनिधिसभा बैठक सुरु, कोशी प्रदेशमा भएको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

२०७९ चैत्र १२

1.2K

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिचान माग्नु जनताको नैसर्गिक अधिकार रहेको भन्दै उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरी दमनबाट नागरिकको मृत्यु भएको बताए ।

आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरे ।