June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

२०७९ चैत्र १३

1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार  भेटवार्ता जारी छ।

प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ ।