June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चाको रामेछाप उमाकुण्ड चार र पाँचको भेला सम्पन्न

२०७९ चैत्र २५

1.7K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,रामेछाप उमाकुण्ड गाउँपालिका तीन र ४ को वडा भेला सम्पन्न भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको केन्द्रीय सदस्य जीतमान घतानेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले ७ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जस अनुसार संयोजकमा जानुका खाती र सदस्यहरुमा जितराम धनुके,प्रनिशा धनुके,उपेन्द्र बहादुर धनुके,विनोद कुमार खाती,रिना धनुके र सुरेन्द्र खाती रहेका छन् ।

हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।