June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

चितवनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको संगठन विस्तार अभियान जारी

२०७९ चैत्र २८

770

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको संगठन सुदृढीकरण र विस्तार अभियान चितवन जिल्लामा जारी रहेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य वारको नेतृत्वमा जारी अभियानले हाल सम्म चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २, ९,११,१४,१५,१६,१७,१९ र २९ को वडा भेला सम्पन्न गरिसकेका छन् ।

त्यस्तै रत्ननगर नगरपालिकामा वडा नम्बर ११ र १३,राप्ती नगरपालिकामा वडा नम्बर ४ र ५ तथा कालिका नगरपालिकाको विभिन्न वडाको भेला सम्पन्न भएको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढिको संख्यामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालमा प्रवेश गरिसकेको पार्टीका केन्द्रीय सचिवालय सदस्य वारले जानकारी दिएका छन् ।