June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,नेपाल डडेल्धुराको दोस्रो जिल्ला भेला सम्पन्न

२०८० बैशाख ७

1.3K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको डडेलधुरा जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार डडेलधुराको बागबजारमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय प्रतिनिधि प्रकाश बिसीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले ५ सदस्य पछि थप्ने गरी १९ सदस्यीय जिल्ला.समितिको गठन गरेको छ । जस अनुसार संयोजकमा प्रकाश सिंह रहेका छन् भने सदस्यहरुमा दिपक पार्की,भरत कैनी,सागर ताम्राकार,भरत चुनारा,विरेन्द्र विश्वकर्मा,दिपक तिरुवा,केशव भण्डारी,सुरेश तिरुवा,सानु ताम्राकार,कृष्ण विश्वकर्मा,योगेश ठकुराठी,अभिषेक महरा,भाष्कर ठकुराठी र पूजा विश्वकर्मा रहेका छन् ।

हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ । यसअघि पनि गत चैत्र २९ गते रामेछाप जिल्ला भेला सम्पन्न भएको थियो । जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ र केन्द्रीय सदस्य जीतमान घतानेको उपस्थितिमा २१ सदस्यीय जिल्ला समितिको गठन भएको थियो ।