June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

फ्लाइ दुबईको विमान पाइलटले अवतरण गराएनन्, सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदै

२०८० बैशाख ११

1.7K

काठमाडौंः काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि पाइलटले काठमाडौंमा अवतरण गराएका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’ ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ’, ती अधिकारीले भने।

त्यस्तै जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’