February 24, 2024, Saturday
२०८० फाल्गुन १२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पहिचान पक्षधरहरुको राँकेजुलुस कार्यक्रममा प्रहरीको हस्तक्षेप

२०८० बैशाख २६

1.3K

काठमाडौंः कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झापाको दमकमा झडप भएको छ । मंगलबार साँझ पहिचान पक्षधर विभिन्न संघ संगठनहरुलेले निकालेको राँकेजुलुसलाई प्रहरीले निभाउन खोज्दा झडप भएको हो ।

झडपको क्रममा प्रहरीले लाठी चार्जका साथै दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । यस क्रममा थुप्रै आन्दोलनकारीहरु घाइते भएका छन् । गत फागुन १७ गते प्रदेश सभाले जारी गरेको ‘कोसी’ नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि पहिचान पक्षधर विभिन्न संघ संगठनहरुले आन्दोलन चर्काइरहेका छन् । जर्बजस्ती छापामार शैलीमा जनताको जनभावना र संविधानको नै मर्म विपरीत प्रदेशको नाम कोसी राखिएको उनीहरुको आरोप छ ।

निरन्तर आन्दोलन गर्दा पनि र पटकपटक अल्टिमेटम दिँदासमेत आन्दोलनरत पक्षहरुसंग हालसम्म पनि प्रदेश र संघिय सरकार दुवैले कुनै पनि किसिमको वार्तासमेत नगरेपछि पहिचान पक्षधरहरुले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । सोही पुर्वघोषित कार्यक्रम अन्तर्गत नै आज आन्दोलनरत पहिचान पक्षधरले दमकमा राँकेजुलुसको आयोजना गरेका थिए । राँकेजुलुस कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि दमक यत्तिबेला तनावग्रस्त बनेको छ ।