June 23, 2024, Sunday
२०८१ असार ९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सबै बाटो बन्द भएको भन्दै उपप्राध्यापक चलाउनेले थाले आमरण अनसन

२०८० असार ४

2.1K

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरुवात गरेका छन् । चलाउनेलाई कुटपिट गरेका नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् ।

ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न पुगेका उपप्रध्यापक चलाउनेलाई प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेसकै नेतृत्वमा सरकार हुँदासमेत मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘अहिलेसम्म धैर्य भएर पर्खेको थिएँ । अब मेरा सबै बाटो बन्द गरेपछि आज यहीबाट सत्याग्रह सुरु गर्दैछु,’ चलाउनेले विज्ञप्तिमा भनेका छन् ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतले आक्रमण गरेका थिए ।