June 18, 2024, Tuesday
२०८१ असार ५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधन

२०८० असार २७

1.8K

काठमाडौंः प्रधानमन्त्री एवं नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित सीता दाहालले लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आइरहेकी थिइन् ।