June 18, 2024, Tuesday
२०८१ असार ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

ब्राह्मणहरुको घरमाथि दलितले घर निर्माण गरेको भन्दै निर्माणाधीन घर भत्काइयो

२०८० श्रावण १२

33.4K

काठमाडाै‌ : ब्राह्मणहरुको घरमाथि दलितले घर निर्माण गरेको निर्माणधीन दलित परिवारको घर भत्काइएको छ । बझाङकाे  बित्थडचिर गाउँपालिका वडा नम्बर ७ स्याल ढुङ्गामा दलितले ब्राह्मणको घर नजिक  घर निर्माण गरेको भन्दै निर्माणाधीन घर भत्काइएको हो  । तीन दर्जन भन्दाबढी गैर दलितहरूले निर्माणाधीन पुड्के ओखेडाको घर भत्काइदिएका हुन् ।

दलित भएको र दलितले आफूभन्दा माथि घर लगाएर बस्न लागेको भन्दै घर भत्काएको पीडित पुड्के ओखेडाले बताए । यही १० गते बुधवार ११ बजेको समयमा निमार्ण भइरहेको घरमा साेही गाउँका ब्राह्मणहरूले घर भत्काएको पीडित पुड्के ओखेडाले बताए। ‘मैले विगत २५ वर्ष देखि भोग चलन गर्दै आएको छु । मैले अर्को मान्छे बाट जग्गा किनेको हो । अहिले घर लगाउन सुरु गरेको थिए।’ उनले बताए। गाउँमा रहेका ब्राह्मणहरू आएर ‘त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन । तँलाई यहाँ बस्ने अधिकार छैन।’ भन्दै गाली गलौच गरेको र भएको बालीनाली समेत नष्ट गरेको उनले बताए ।

बुधवार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए। पीडित ओखेडाका अनुसार गाउँपालिकामा रहेको आफ्नो कित्ता नम्बर ५ सय २ मा घर लगाएको स्रोतको दाबी छ। अहिले जिल्ला प्रहरी कार्यालय बझाङ उजुरी दिएको र अहिले तीन जनालाई अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

 

घर भत्काइरहेको भिडियो हेुर्नहोस्:

भिडियो श्रोत: रबिन जङ्ग बि.सि. प्रतिबिम्ब