July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

चुनाव बहिष्कार गर्ने ३ पार्टीको निर्णय

२०७९ कार्तिक १७

848

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको आम निर्वाचनलाई आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहिष्कार र खारेज गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको तीन पार्टीको संयुक्त बैठकले उक्त निर्णय गर्दै एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो । साथै सो विज्ञप्तिमा निर्वाचन बहिस्कार र खारेजी सम्बन्धि कार्यक्रम र अपिल कात्र्तिक १९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिन समेत उल्लेख गरिएको छ ।