July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

निर्वाचन बहिष्कारको गुञ्जायजसंगै सुरक्षा नितिमा फेरबदल गर्ने सरकारको तयारी

२०७९ कार्तिक १८

442

काठमाडौः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही कम्युनिस्ट पार्टीहरुले “चुनाव बहिष्कार’’ गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि “निगरानी“ बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

त्यस क्रममा कतिपय स्थानमा “निर्वाचन बिथोल्ने सामग्री“सहित केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले पनि कतिपय समूहले निर्वाचन बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गर्न थालेपछि “निर्वाचन सुरक्षा रणनीति र योजना“ पुनरावलोकन गर्ने बताइसकेको छ ।

चुनावको बहिष्कारमा कुनकुन दल ?
अहिलेको संसदीय व्यवस्था र यस्मा हुने निर्वाचन प्रणालीप्रति नै असहमति व्यक्त गर्दै केही कम्युनिस्ट पार्टीहरुले निर्वाचन बहिष्कार गर्ने जनाएका छन् । विप्लव समूह पनि भनेर चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चन्द समूहबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत लगायतले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्।

यसखाले घोषणा संगै यत्तिबेला निर्वाचन आयोग र सुरक्षा निकायहरु भने सुरक्षा योजनामा नै परिवर्तन एवं पुनरावलोकन गरेर निर्वाचन बहिष्कार सम्बन्धि कृयाकलाप हुन नदिने योजनामा लागेका छन् । साथै विभिन्न स्थानहरुबाट माथि उल्लिखित दलहरुले आयोजना गरेको कार्यक्रमबाट उक्त दलका नेता तथा कार्यकर्ताहरुलाई धरपकड गर्दै पक्राउ पनि गरिरहेका छन् । बिहिबार पनि नवलपुरबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद ओलीलाई पक्राउ गरिएको थियो ।

तर सरकार र निर्वाचन आयोगले भने वर्तमान राजनितिक व्यवस्था र यस भित्र हुने निर्वाचन प्रणालीमा किन बारम्बार प्रश्न उठाईरहेका छन् भन्ने विषयलाई बेवास्ता गर्दै सुरक्षा निकाय लगाएर दमनको नीति अपनाईरहेको छ । ञनो नट अगेनझ अभियानलाई विज्ञप्ति नै निकालेर बन्द गराउन खोज्नुले पनि यसकुरालाई स्पष्ट पार्दछ । सरकारको यसखाले कदमहरुले गर्दा भने मुलुकलाई फेरि द्वन्दतिरै धकेलिने खतराको संकेत देखापरेको छ ।