July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

तीन कम्युनिस्ट पार्टीहरुद्वारा आयोजित निर्वाचन भण्डाफोर सभा (फोटो फिचर)

२०७९ कार्तिक २४

1K

काठमाडौ : तीन कम्युनिस्ट पार्टीहरुले आज काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभा कार्यक्रम सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेपाल कम्युनिस्ट पार्टी र नेकपाले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुती, नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डझ, नेकपाका स्थायी समिति सदस्य शशिकला घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल मुख्य वक्ता थिए । त्यस्तै सो कार्यक्रमको अध्यक्षता आरबी भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य राजेश्वरी सुवेदीले दिएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतीले यो चुनाव किसान, मजदुर, महिला, दलित र उत्पीडितहरुको नभएर मुट्ठीभर पुँजीपतीहरुको भएको बताएका छन् । उनले भने यो चुनाव किसानहरुको, मजदुरहरुको, महिलाहरुको, दलितहरुको र उत्पीडितहरुको हैन मात्र मुट्ठीभर पुँजीपतीहरुको हो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले चुनाव नेपाली जनतालाई ठगेर नेपाललाई बर्बाद बनाउने काम भएको टिप्पणी गरेका छन् । उनले भने चुनावमा भोट माग्न आउनेहरु नेपाली जनतालाई ठगेर नेपाललाई बर्बाद बनाउनेहरु हुन् त्यसैले घरघरमा भोट माग्न आउनेलाई लखेटिदिनुस ।

साथै कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले पनि अहिलेका राजनीतिक दलहरुले जनताको विश्वास भएको स्वाङ पारेर पाँच वर्ष देश र जनतालाई लुट्नका लागि चुनाव घोषणा गरेको र आगामी निर्वाचन पछि अझ अहिलेको भन्दा डरलाग्दो राष्ट्रघात र जनघात गर्ने भएकाले चुनाव खारेज गर्नुपर्ने बताएका छन् । उनले भने, विगतमा अपराध गरेका अपराधीहरुलाई भ्रम सिर्जना गराएर तिनीहरुलाई चोख्याउनका निम्ति नयाँ ५ वर्षको निम्ति लुट्ने लुटेरा, गिरोह तयार गर्नका निम्ति यो चुनाव ल्याइएको छ र विगतमा यस्ले अझै डरलाग्दो राष्ट्रघात र जनघात गर्नेछ त्यसकारण यो चुनावलाई खारेज गर्नुपर्छ।