July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सन्दीप लामिछाने निलम्बित भएसंगै नयाँ कप्तानमा रोहित पौडेल

२०७९ कार्तिक २६

332

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त भएको कप्तान पदमा क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई जिम्मेवारी दिएको हो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु टोली युएई विरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए । क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् । ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की,कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा समावेश भएका छन् ।