July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

मुलुकभर मतदान जारी

२०७९ मंसिर ४

672

काठमाडौं: मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ ।

देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेछ ।  निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । त्यस्तै निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।