July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बागलुङ १ मा चित्रबहादुर केसी निर्वाचित

२०७९ मंसिर ७

344

काठमाडौं: बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद पाठकले भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाएका छन् ।