July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

माओवादी केन्द्रको पदाधिकारी बैठकमा केके भयो निर्णय ?

२०७९ मंसिर १९

274

काठमाडौंः नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको बिकल्प नखोजिएको स्पष्ट पारेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताएका हुन् ।

 

बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालिएको उनले बताए । निर्वाचनमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्नेमा बैठकले जोड गरेको गुरुङको भनाइ छ । उनले सोमबार गठबन्धनको बैठक बोलाइएको र निर्वाचन तथा सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिए ।

 

यसअघि शनिबार बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराले गठबन्धनलाई तोड्ने कुनै निर्णय नभएको भन्दै सरकार गठनको सबै विकल्प खुल्ला राख्ने बताएका थिए ।