July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

कतार विश्कपः मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश

२०७९ मंसिर २९

358

काठमाडौंः कतारमा जारी फिफा विश्वकपमा साविक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २ः० गोल अन्तरले हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २ः० को जित दिलाए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३ः० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ । मोरक्कोले भने तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।