July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सांसदहरुले मातृभाषामा सपथ लिन ३ दिन अगावै जानकारी गराउनु पर्ने

२०७९ पुष ४

344

काठमाडौंः संघीय संस∪द सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहणको तयारी अगाडि बढाएको छ । संसद सचिवालयका अनुसार केही दिनको समय राखेर शपथको मिति तय गरिने भएको छ । निर्वाचित सांसदहरुले आफ्नो मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास रहेको छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नूपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ गराउनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने भएको छ ।