July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

तनहुँमा भिरबाट खस्दा १ जनाको मृत्यु

२०७९ माघ ८

252

काठमाडौंः  तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका ३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।

शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।