July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

देश र जनताका पक्षमा लाग्न कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

२०७९ माघ ११

220

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै उनले कार्यकर्ताहरुलाई उक्त निर्देशन दिएका हुन्

त्यस्तै समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीति गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए । साथै सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको समेत बताएका छन् ।