July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

माओवादी केन्द्रको स्थायी समितिकाे बैठक जारी

२०७९ माघ १३

224

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिकाे बैठक बसिरहेको छ । कोटेश्व पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको  सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।

माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो ।