July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बाल्टिन होटलबाट जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

२०७९ माघ १५

230

काठमाडौं । काठमाडौ, महानगरपालिका-९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका-४ घर भएका ४० वर्षीय निरज शर्मा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।