July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

हाम्राे विचारमा अन्तर भए नि, नियतमा अन्तर छैन, विवेकशिललाई शुभकामना: मिश्र

२०७९ माघ २७

222

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने विवेकशिल साझाको महाधिवेसनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताएका छन ।

‘बिचार भन्दा माथी देश’ भन्दै विवेकशिल साझा परित्याग गरेर राप्रपा परित्याग गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेसन सफलताको शुभकामना दिएका हुन् ।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’,  उनले भनेका छन, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु। उनले भनेका छन् ।