July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

आजबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले देशैभरी संकल्प पर्व मनाउँदै

२०७९ माघ २९

2.2K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले देशैभरी संकल्प पर्व मनाउने भएको छ । फागुन १ मा मनाइने जनयुद्ध दिवसलाई इतिहासका सबै बलिदानहरुको स्मरण र नयाँ क्रान्तिको निम्ति संकल्प पर्वको रुपमा मनाउने भएको हो ।

संकल्ल्प पर्व माघ मसान्त र फागुन एक गते गरि दुई दिन मनाउने र केवल राजनैतिक पर्व मात्रै नभएर साँस्कृतिक पर्वकै रुपमा मनाउने पार्टीले जनाएको छ । उक्त कार्यक्रममा परोपकार ,प्रकृति संरक्षण,राजनैतिक छलफल,मनोरञ्जन,सामुहिक भोजन लगायतका कार्यक्रमहरु गरिने छ ।

संकल्प पर्वको उपलक्ष्यमा पार्टीले काठमाडौं,काभ्रे,सुनसरी,उदयपुर,रुपन्देही,धनगढी लगायत देशैभर राजनैतिक,सामाजिक र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि हर्षोल्लासका साथ मनाउने भएको छ ।