July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

काठमाडौंबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२०७९ फाल्गुन १०

244

काठमाडौंः प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको गरुडा नगरपालिका ९ का शिवकुमार यादवलाई पक्राउ गरेको हो । यादवमाथि सोही ठाउँ बस्ने छविलाल साहको हत्या गरेको आरोप लागेको छ ।

शाहलाई यादव लगायतका व्यक्तिहरुले गत असोज २६ गते गरुडा–९ सिसवास्थित सार्वजनिक सडकमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका शाहको उपचारका क्रममा नारायणी बयोधा शिक्षण अस्पतालमा उपचारका क्रममा कातिक १८ गते मृत्यु भएको थियो । मंगलबार ललितपुरको ग्वार्कोबाट पक्राउ परेका यादवलाई कानुनी कारवाहीका लागि रौतहटस्थित इलाका प्रहरुी कार्यालय गरुडा पठाइएको छ ।