July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक सुरु

२०७९ फाल्गुन १२

248

 

काठमाडौंः नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसहित ४ दलको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

नेकपा (एस)ले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको र कांग्रेसले पनि सो पद आफ्नो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।