July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

नाबालिग बलात्कारको आरोपमा २ जना पक्राउ

२०७९ फाल्गुन १६

268

काठमाडौंः १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका ५ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका ६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।

त्यस्तै भोजपुरमा पनि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका ७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका ६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङला भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।