July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७९ फाल्गुन १८

242

काठमाडौंः झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ ।