July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

वित्तीय संस्थालाई सुरक्षा दिन गृहको परिपत्र,जनताको समस्यामा भने मौन

२०७९ फाल्गुन १९

342

काठमाडौंः गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ । पछिल्ला दिनहरूमा बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न भन्दै निर्देशन दिएको हो ।

यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउनका लागि गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।‘उहाँहरूको (बैंक तथा वित्त संस्थाको)  तर्फबाट ध्यानाकर्षण पनि आएको थियो । विभिन्न जिल्लाहरूमा अवाञ्छित क्रियाकलाप समेत भएको सूचनाका आधारमा हामीले परिपत्र जारी गरेका छौं ’ , गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले भने ।

तर,विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारण जनतालाई ज्यादती गरेको र ऋणको बन्धनमा पारेर घरबार विहिन नै बनाएको घटनाहरुमा भने सरकार मौन देखिएको छ ।