July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता

२०७९ फाल्गुन २७

264

काठमाडौंः सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।