July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दलहरूबीच बुधबार छलफल हुने

२०७९ फाल्गुन ३०

222

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताए।

“आधुनिकीकरणतर्फको बाटो: राजनीतिक दलहरूको दायित्व” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि  हुले बताएका छन् । सन् २०१७ मा चीनले बेइजिङमा  यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो।