July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बालुवाटारमा सत्तारुढ १० दलको बैठक जारी

२०७९ चैत्र १

228

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक सुरू भएको छ। आज अपराह्न सुरू भएको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद विस्तारबारे पनि कुराकानी हुने बताइएको छ।

उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।