July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,अछामको दोस्रो जिल्ला भेला सम्पन्न

२०७९ चैत्र ३

698

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,अछामको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ५ दर्नामा जात व्यवस्था उन्मूलन मोर्चा,नेपालका सुदुरपश्चिम प्रदेश संयोजक रवि नेपालीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा उपस्थितहरुको अनुमोदनले संयोजकमा मुकेश विश्वकर्मा,सहसंयोजकमा दाने विश्वकर्मा,सचिवमा प्रेम टमट्टा,सहसचिवमा रोशन विश्वकर्मा र सदस्यहरुमा लक्ष्मण विश्वकर्मा,मनोज विश्वकर्मा,सिद्ध विश्वकर्मा,तपेन्द्र विश्वकर्मा,लोगे विश्वकर्मा,धागण विश्वकर्मा,पदम विश्वकर्मा,लक्ष्मी विश्वकर्मा,उर्मिला विश्वकर्मा, र पुतली विश्वकर्मा रहेको अछाम जिल्ला समिति गठन भएको छ ।

चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।