July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

२०७९ चैत्र ३

438

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको प्रथम रौतहट जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार रौतहटको चन्द्रपुरमा मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश संयोजक मदन अर्याल, पार्टीका रौतहट जिल्ला सचिव क्षितिज लामिछाने लगायतका नेताहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले सौगात विश्वकर्माको संयोजकत्वमा दुई सदस्य पछि थप्ने गरि १५ सदस्यीय रौतहट जिल्ला समिति गठन गरेको छ । सदस्यहरुमा बालिका विश्वकर्मा,अनिता विश्वकर्मा,मञ्जुदेवी पासवान,बाल्मिकि महरा,आकाश बस्नेत,आकृति विश्वकर्मा,खुशी विश्वकर्मा,दिपेन्द्र गजमेर,सरला क्षेत्री,मनोज विश्वकर्मा,करुणा माझी र तारा विश्वकर्मा रहेका छन् ।

त्यस्तै भेलाले रौतहटमा जिल्लाव्यापी रुपमा जात व्यवस्था विरोधी अभियान चलाउने निर्णय समेत गरेको छ । आगामी चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।