July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु

२०७९ चैत्र ३

266

काठमाडौंः दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ का ४० वर्षीया पार्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।पाताले छाएको एक कोठे घरमा बिहिवार राती सुतेको अवस्थामा आगलागी हुँदा धुवाँले निस्सासिएर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । मृतकको शरीरमा भने कतै जलेको घाउखत छैन ।

प्रहरी निरिक्षक केसीका अनुसार चुरोट खाएर फालेको ठुटाले सिरक वा डसनामा आगो सल्किएर कोठामा धुवाँ भरिएको थियो । सो क्रममा ढोका खोल्न प्रयास गरे पनि नसकेर ढोका नजिकै ढलेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक केसीले बताए । शुक्रबार बिहान स्थानीयले धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।