July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाचौँ सम्मेलन थाइल्याण्डमा हुने

२०७९ चैत्र ३

376

काठमाडौंः अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाचौँ सम्मेलन थाइल्याण्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट पाँच सय जना प्रतिनिधिको उपस्थिति हुने परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिए । सम्मेलन सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्याण्ड र तामाङ समाज म्यानमार ९बर्मा० लाई दिइएको परिषद्का उपाध्यक्ष टासी लामाको भनाइ छ ।

परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरूपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरूको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, सांगठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुनर्स्थापना कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरेको जनाइएको छ । परिषद्को अध्यक्ष भने जुन मुलुकका सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था छ । त्यसैअनुरूप पाँचौँ सम्मलेनबाट थाइल्याण्डले अध्यक्ष पाउनेछन् । हाल भारतका के एम तितुङ अध्यक्ष रहेका छन् ।