July 11, 2024, Thursday
२०८१ असार २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

विद्यार्थीहरुद्वारा दिवा खाजाको पैसाबाट अशक्तलाई सहयोग

२०७९ चैत्र ४

888

काठमाडौंः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेँशीमा अवस्थित सगुन विद्या मन्दिरको कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले दिवा खाजाकोे पैसाबाट दैनिक रुपमा केही पैसा छुट्याएर नमोबुद्ध नगरपालिका वडा नं ७ निवासी शारीरिक रुपमा अशक्त भई लामो समयदेखि हिँडडुलसमेत गर्न नसकेका ९० वर्षिय वृद्ध टंक बहादुर खनाललाई रु १५०० ।– आर्थिक सहयोग गरेका छन् । उनीहरुले जम्मा गरेको रकम कक्षा ७ मा अध्ययनरत छात्रा सकिना लामाको हातबाट हस्तान्तरण गरेका हुन् ।

यसरी अपाङ्गता भएका शारीरिक रुपमा अशक्त व्यक्ति र असहाय वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । आगामी दिनमा पनि सामाजिक कार्यहरुमा निरन्तर सक्रिय रहने विद्यार्थीहरुले बताएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा मात्र नभएर संस्कार सहितको शिक्षामा विशेष जोड दिदै आएको सगुन विद्या मन्दिरका शिक्षक विवेक कुमार तामाङको भनाइ छ । आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षित मात्र नभइ भावी दिनहरुमा गाउँ,समाज र देशको नेतृत्व गर्नका लागि योग्य नागरिक बनाउने कार्यमा आफुहरु लागिपरेको सगुन विद्या मन्दिरका शिक्षकहरु बताउँछन् ।