July 18, 2024, Thursday
२०८१ श्रावण ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो

२०७९ चैत्र ५

222

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्सेमा झिनो अंकले ओरालो लागेको छ ।

नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।