जात : प्रथा कि व्यवस्था ?
कृष्ण विश्वकर्मा ‘सतिसाल’ जात व्यवस्था हो कि प्रथा भन्ने बारे अझै पनि एकाध मत–मतान्तर बौद्धिक वृत्तमा समेत जीवितै छ । पैंतीस सय वर्षभन्दा लामो समयदेखि वर्णाश्रम शासन व्यवस्थामा अभ्यस्त हुँदै भाग्यवाद र कर्मफलवादद्वारा निर्देशित हुन वाध्य समाजका संरचनात्मक लाभांश प्राप्त र संंरचनात्मक लाभांश विहीन समुदायहरू मिथकीय पात्र विराटपुरुषको काल्पनिक व्याख्यानलाई ढुङ्गाको अक्षर झैं दैवकृत मान्न–मनाउन...