नेपाली परिवारभित्र जातको विमर्श
हरेक मानिसको पहिलो पाठशाला परिवार हो । जहाँ व्यक्ति जन्मिन्छ, न्यानो मायामा लुट्पुटिदै हुर्कंदै जान्छ । खाने, बोल्ने, बामे सर्ने, ताते–ताते गर्दै हिंड्ने, सफा सुग्घर रहने, माया गर्ने, आदर–सम्मान गर्ने आदि कयौं जीवनोपयोगी ज्ञान र सीप व्यक्तिले परिवारमा नै सिकेको हुन्छ । बिस्तारै बढ्दै जाँदा राम्रा–नराम्रा, असल–खराब, प्रेम–घृणा गर्ने जस्ता धारणा, मान्यता तथा विचारसम्बन्धी कुराहरु...