रायो भालोकानोद्वारा रियल मड्रिड पराजित
काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ को गोल अन्तरले हराएको हो । खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४१ औं मिनेटमा...