July 25, 2024, Thursday
२०८१ श्रावण १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

सुकुम्बासी आन्दोलनमा सहभागि हुन वैज्ञानिक समाजवादी ट्रेड युनियनको आह्वान

२०७९ मंसिर १३

494

काठमाडौं: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले सुकुम्बासीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागिता हुन आह्वान गरेको छ । काठमाडौं महानगरपालिका र बाग्मती सभ्यता एकीकृत विकास समितिले प्रहरी परिचालन गरेर जबर्जस्ति बल प्रयोग गरेर सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्थापन बिना नै हटाउन खोजेपछि महासंघले उक्त प्रेस विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ `सुकुम्बासी समस्याको दिगो समाधान खोज्नुको साटो स्थानीय सत्ता दमनको दमनको दिशामा अगाडि बढ्नुले लाखौं भुमिहीन तथा सुकुम्बासी मजदुर माथि वर्गीय दमन भएको हाम्रो ठहर छ ।´