कविता : घडी र समय
केशव घिमिरे (सुमन) घडी बिग्रिएको छ र, समय खराब छ घण्टा, मिनेट र सेकेन्डको तीन थरिको सुई भएको मेरो घडी सेकेन्डले ६० पाइला चाल्दा मिनटले एक पाइला चाल्न पनि धरमराउछ मिनेटले ६० पाइला चाल्दा घण्टाले घण्ट बजाउन अटेर गर्छ सेकेन्ड, मिनेट र घण्टाको तालमेल बिग्रिदा एक अर्काबीचको होडबाजि र बलमिच्याँइले मेरो घडी बिग्रिएकोे छ...