April 29, 2024, Monday
२०८१ बैशाख १७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सिटिइभिटीका कर्मचारीहरु छैटौं दिन पनि धर्नामा, अदालतको अवहेलना मुद्धामा जाने तयारी

२०८० माघ १६

740

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिइभिटी सानोठिमीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले पाँच बुँदे मागहरू राख्दै धर्ना दिएको छ । गत पुस ८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णय अनुसार पाँच बुँदे मागपत्र पेश गर्दा बेवास्ता गरेको भन्दै कर्मचारीहरु धर्नामा बसेका हुन् । आज छैटौं दिन पनि धर्ना कायम रहेको छ ।

सिटिइभिटीको प्राङ्गणमा पाँच बुँदे मागहरू उल्लेख गरिएको ब्यानरसहित संघर्षको अर्को स्वरूप निर्धारण नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीनजना कार्यालय समयभर धर्नामा बसिरहेको संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले सिटिईभिटीका अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यबद्धताका जनाउनका लागि समेत आव्हान गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापन समितिले गरेका सम्झौता तथा उच्च अदालत पाटनबाट मिति २०८० ०५ २७ गते जारी भएको आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम ल्याएको संगठनका उपाध्यक्ष कमल ढकालले बताए । योसँगै जिम्मेवारी हेरफेर, सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया सुरू गर्नुपर्ने लगायतका मागहरू राखेको उपाध्यक्ष ढकालले बताए । त्यस्तै उनले उच्च अदालत पाटनबाट जारी भएको आदेश हालसम्म पनि कार्यान्वयन नभएको हुँदा अदालतको अवहेलना मुद्धामासमेत अघि बढ्ने तयारी भइरहेको बताएका छन् ।

यस्ता छन् पाँच बुँदे मागहरुः