नेपालको अर्थ-राजनीतिक विकासक्रम र किसान समस्या
विक्रम संवत् २००७ सालसम्म नेपाली समाज मूल रुपमा सामन्तवादी भूस्वामित्वमा आधारित थियो । बिर्ता, जागिर, बेठ–बेगारी, झोडा, जमिनदारी लगायतका प्रणाली कायम थिए । जमिनको मूल हिस्सा ठूला बिर्तावाल, जमिनदार र मठमन्दिरको हातमा थियो र बहुसङ्ख्यक किसान मोहीका रुपमा थिए । उद्योगधन्दाको नाममा इलामको चिया बगान र विराटनगर जुट मिल सुरु भएको थियो । घरेलु दस्तकारिता...