अनि रुपचन्द्र विष्ट आफ्नै श्राद्ध गर्न देवघाट जानु भयो
लगभग २०२५ साल तिरको कुरा हो । रुपचन्द्र विष्ट मेरो दाई ज्ञानेन्द्र प्रसाद शेरचनको साथी हुनुहुन्थ्यो । हामी त्यसबेला कमलाक्षीमा बस्थ्यौं । रुप्चन हाम्रो डेरामा आउनु भयो । उहाँसँग पहिलो भेट त्यहीँ भयो । त्यसबेला हामीले पारिवारिक तथा सम्पतिजन्य सम्बन्धबाट आफूलाई विच्छेद गराउँदै लगिरहेका थियौं । त्यसबेला हामी विद्यार्थी जीवन गुजारीरहेका थियौं । हामीसँग आल्मुनियमको...