मान्यताको विषालु प्यालाः प्यालेस्टाइनका लागि दुईधारे तरबार
विगतमा, म प्यालेस्टाइनलाई मान्यता दिने विषयमा निकै सन्देही थिए, किनकि छलफलमा संलग्न पक्षहरूले केवल वेस्ट बैंक (West Bank) र गाजापट्टिका केही भागलाई मात्र प्यालेस्टाइन राज्य ठानेका जस्तो लाग्थ्यो, र त्यो पनि पूर्ण सार्वभौमिकता बिनाको प्यालेस्टाइन प्राधिकरण (Palestinian Authority) जस्तो कुनै निकायको सीमित स्वायत्त शासनको रूपमा —एउटा बान्टुस्तान प्यालेस्टाइन । यस्तो मान्यताले प्यालेस्टाइनमा भएको तथाकथित द्वन्द...